काठमाडौं । आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ ।
चन्द्रमाको कुल ६ प्रतिशत भूभाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ ।
नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ ।
उनका अनुसार उक्त खण्डग्रास चन्द्रग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ भने राती २ बजेमात्रै त्यसको अनुभव गर्न सकिनेछ ।
यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात् शनिबार राति १ बजेर २० मिनेटबाट सुरु हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।