राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण वर्षको शुभारम्भ
लुम्बिनी, राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरेकी छन् । २५६३औँ बुद्ध जयन्तीको अवसरमा ‘लुम्बिनी भ्रमण वर्ष’को शुभारम्भ गरिएको हो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष’ले नेपालको पर्यटनलाई थप टेवा दिने बताइन्