लुम्बिनीका भिक्षुहरु वर्षावासमा
रुपन्देही । बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएसँगै लुम्बिनीमा भिक्षुहरु वर्षावासमा बसेका छना् । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा भए पनि यो वर्ष भने मलमासका कारण वर्षावास एक महिनापछि सरेको हो ।