अवतरणका क्रममा भैरहवा विमानस्थलमा बुद्धको जहाज चिप्लियो
रूपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ । बिहीबार राति काठमाडौंबाट गएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर बाहिर पुगेको हो । जहाजको एकातर्फको चक्का माटोमा गाडिएको छ ।