पाल्पा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु, ३८ जना घाइते
बुटवल । आज बिहान पाल्पामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । बुटवलदेखि बागलुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस बिहान तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट खसेको प्रहरीले जनाएको छ