पाल्पाको तिनाउमा जिप दुर्घटना, ८ जनाको मृत्यु, १० जना घाइते
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना भएको हो । दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।