रविको म्याद थपपछि रास्वपाका कार्यकर्ता आक्रोशित, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताकार्यकर्ताहरू बिहीबार कास्की जिल्ला अदालतको निर्णयपछि निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका छन्। अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन्। लामिछानेको गिरफ्तारीलाई