स्थानीय तहको उम्मेद्वार बन्न कांग्रेसमा होडबाजी, एमालेमा सर्वसम्मत बनाउने नीति
तनहुँ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न विभिन्न दलका नेताहरूकाे जिल्लामा होडबाजी देखिएकाे छ । आवश्यक संख्याभन्दा १५ गुणा बढीसम्मले उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् । स्थानीय तहको प्रमुखको कुरा छाडौँ यसपालि वडा सदस्य बन्नेको पनि लर्को छ