छ दिनपछि बल्ल खुल्यो बेनी-जोमसोम सडक
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक छ दिनपछि बल्ल खुलेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका-३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात