विद्यार्थी मृत्यु प्रकरण : प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्ष आन्दोलित
लमजुङ । लमजुङको मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको घटनामा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको भन्दै पीडित परिवारले पुन: सडक अवरुद्ध गरेका छन् । बाइसजाँगरका स्थानीयले बन्द गराएपछि डुम्रे–बेंसीसहर सडक खण्ड बिहीबार साँझबाट अवरुद्ध भएको छ ।