कास्कीमा पहिरोमा परेर २ बालबालिकाको मृत्यु, एक वृद्ध गम्भीर
पोखरा । पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ । मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन्