प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । पौराणिककालका खास घटनामा आधारित भएर शुरु भएका यस्ता चाडपर्व कालान्तरसम्म जीवितै हुनु खुशीको कुरा भएको बताउँदै उहाँले यहाँ सबै जातिका आफ्नै प्रकारका