नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसका अवसरमा नेकपाले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रमा प्रधानमन्त्री ओलीले सहयात्रामा साथ दिने अर्का अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिनुभयो । दुई पार्टीको एकता भवितव्यले नभएको बताउदै उहाँले योजनाबद्ध ढंगले अबको काम अगाडि बढने बताउनुभयो । पार्टी एकताको समयपछि जिल्लाकमिटिहरु बनाउन केही समय ढिलो भएपनि अब कुनै समस्या नभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सहयात्री कम्युनिस्टमाथि राष्ट्रियतामा साथ दिन नसकेको भन्दै कांग्रेसले गलत बाटो समातेको बताउनुभयोे । उहाँले भन्नुभयो, ‘कांग्रेसका कतिपय नेता अझै पनि राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा आफूलाई अचम्म लाग्छ ।’ मानिस जन्मको आधारमा शासक हुने प्रबृत्ति लोकतन्त्रमा हुन्छ उहाँको प्रश्न थियो ?
मुलुकमा तीव्रतर आर्थिक वृद्धि भइरहको भन्दै उहाले मेलम्ची आयोजनाका एउटा ठेकेदार भागे पनि कामलाई अवरुद्ध हुन नदिने बताउनुभयो । भ्रष्टाचारीलाई नियन्त्रण गरेरै छाड्ने दाबी गर्दे प्रधानमन्त्री ओलीले अहिले विभिन्न प्रकारका तस्करी हट्दै गएको र मुलुकमा शान्ति सुव्यवस्था कायम भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियतको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पुराएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताका पक्षमा आफ्नो पार्टी भएको बताउँदै अब जग थप मजबुत भएको दाबी समेत गर्नुभयो ।