एकाध घटनाका आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न :प्रहरी महानिरीक्षक खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई आधार मानेर प्रहरीमाथि पटकपटक हिलो छ्याप्न नहुने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकारण कोषको लगानीमा नेपाल प्रहरीका लागि विदुरमा निर्मित तीन वटा भवनको आज छुटाछुट्टै उद्घाटन गर्दै उहाँले भन्नुभयो, “केही घटनाले नेपाल प्रहरीको