मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक
काठमाडौँ । गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको छ । गत साता सोह्रखुट्टे–बालाजु सडकखण्डमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो ।