नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । हाल नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग प्रमुख रहनुभएका थापा प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिनुहुन्छ ।
२०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा थापाले प्रवेश गर्नुभएको थियो एआईजी हरिवहादुर पाललाई उछिन्दै थापा महानिरीक्षक बन्न सफल हुनुभएको छ।
हालका आईजीपी ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अनिवार्य अवकासमा जादै हुनुहुन्छ ।



















