प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई मुटुको धड्कन बढ्ने समस्या देखिएपछि हिजो बिहिबार) राती त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ। प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको बताउनुभयो ।