नौ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो : सांसद सापकोटा
काठमाडौँ, कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसङ्गतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा