नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री
काठमाडौं । राजन पोखरेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि राजकुमार क्षेत्रीले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्नुहुने भएको छ । यसअघि १२ औं तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक हुनुहुन्थ्यो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको