काठमाडौँ उपत्यकाको तापक्रम घट्दै
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेको छ। शुक्रबार भन्दा तापक्रम ०.३ डिग्री सेल्सियसले घटेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार शनिबार विहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा घटेको छ