त्रिशूलीमा बस खस्दा कम्तीमा ८ जनाको मृत्यु
काठमाडौँ । धादिङको गजुरीमा भएको बस दुर्घटनामा कम्तिमा पनि ८ जनाको मृत्यु भएको छ। प्रहरीले उद्धार गरेकामध्ये ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दीपक न्यौपानेले जानकारी दिएका छन्