नेपाल सिंगापुरसँग ८२ रनले पराजित, टी–२० विश्वकप खेल्ने सपना अधुरै
काठमाडौं, नेपालको टी– २० विश्वकपको यात्रा समाप्त भएको छ । आइतबार एसिया छनोटमा सिंगापुरसँग पराजित भएपछि नेपालको यात्रा गुमेको हो । विश्व वरीयतामा एघारौँ स्थानमा रहेको नेपालले १६ राष्ट्र खेल्ने सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने मौका गुमाएको छ।