रवि लामिछानेविरुद्ध चितवन प्रहरीमा पनि जाहेरी
काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । प्रहरी कार्यालय चितवनका अनुसार सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताहरुले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन्