काठमाडौँ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएसँगै नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम छुटेका छन्।
अदालतले पत्र पठाएसँगै उनी छुटेको कारागार कार्यालय नख्खुका जेलर भीमराज कोइरालाले जानकारी दिए। उनलाई लिन कांग्रेस सांसद देवप्रसाद तिमिल्सिना पुगेका थिए।
आलमसहित चार जनालाई आज अदालतले सफाइ दिएको थियो। न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनीहरूलाई बुधबार सफाइ दिएका हुन्।
जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको नरसंहारको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीका अनुसार आलमसहित चार जनाले सफाइ पाएका हुन्।