आजदेखि धरहरा चढ्नका लागि शुल्क लाग्ने
काठमाडौँ । धरहरा चढ्नका लागि आज (आइतबार) देखि शुल्क लाग्ने भएको छ। स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ। यसका साथै, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।