अग्नि सापकोटाविरुद्ध अपहरण र हत्या सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सम्पन्न, आदेश आजै आउने सम्भावना
काठमाडौँ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध दायर अपहरण र हत्या सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सम्पन्न भएको छ । यससँगै लामो समयदेखि हेर्दाहेर्दैमा रहेको मुद्दामा आजै आदेश आउने सम्भावना रहेको छ।