मौसम पूर्वानुमानः यी भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालमनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कमजोर रहेको छ । साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको छ