भारतको कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दुई युवासहित १८ जनाको मृत्यु, चार गम्भीर
खोटाङ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ। खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको हो। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित