द्वन्द्वको खेती गर्नेहरु विफल भइरहेका छन् : उपप्रधानमन्त्री पोखरेल
बनियानी, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भन्नुभयो, “मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल