सहयोद्धाहरु सत्तामा, जिउँदा शहीद पानी चुहिने झुपडीमा
भद्रपुर । मेचीनगरको धुलाबारीस्थित टिमाई खोलाको किनारमा झापा विद्रोहका जिउँदा शहीद दुर्गा अधिकारी (सानो) को सानो झुपडी छ । पञ्चायतविरुद्धको आन्दोलनमा १७ वर्ष लगातार जेल जीवन बिताउनुभएका उहाँ झुपडीको साँघुरो दुई कोठामध्ये एउटामा पत्नी रत्नासँगै बस्नुहुन्छ भने अर्कोमा साँझ–बिहान चुल्हो