शीर्ष नेताबीचको समझदारीको बजारीकरण उचित भएन : उपप्रधानमन्त्री पोखरेल
विराटनगर, उपप्रधानमन्त्री ईश्वर पोखरेलले शीर्षनेताबीच भएको समझदारीका विषयलाई बजारीकरण गर्नु उचित नभएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन मोरङद्वारा आयोजित ‘जननेता मदन भण्डारीको जन्मजयन्तीको सन्दर्भमा आयोजित अन्तरक्रिया’मा रक्षामन्त्री उहाँले दुई नेताबीच भएका समझदारी बारेमा मर्यादित र सुहाउँदो विश्लेषण हुनुपर्ने बताउनुभयो