ताप्लेजुङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टीका सचिव योगेश कुमार भट्टराईले गठबन्धन सरकारको आयु लामो नरहेको बताउनुभएको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन गर्दै उहाँले आवेगमा एमाले पार्टीको विरुद्धमा पाँच दलको गठबन्धन भएकाले गठबन्धन सरकारको आयु लामो नरहेको बताउनुभयो ।
गठबन्धनमा आबद्ध दल नास्पाती र सुन्तला जस्तै कुनै गुण, रंग, रस नमिल्ने भएकाले केही समयमै गठबन्धन सरकार विघटनतिर जाने उहाँकाे दाबी छ । ‘अहिलेको गठबन्धन सरकार नास्पाती र सुन्तलाको कलमी जस्तै हो’, उहाँले भन्नुभयो ।
गठबन्धन दलहरूमा विघटनका संकेतहरु देखा पर्न थालेकाले आगामी निर्वाचनसम्म पनि यसकाे आयु नरहने नेता भट्टराईकाे भनाइ छ ।