पहिलो पटक मनाइयो राजा हिलिहाङको जन्मोत्सव
पाँचथर । नेपाल एकीकरणपूर्व तत्कालीन विजयपुर राज्यअन्तर्गत पर्ने याङवरक थुम (जिल्ला)का अन्तिम राजा हाङ हिलिहाङ योङहाङको पहिलो पटक जन्मोत्सव मनाइएको छ । राजा हिलिहाङको २९५औं जन्मजयन्तीका अवसरमा बिहीबार पाँचथरको हिलिहाङ गाउँपालिका–४ स्थित ऐतिहासिक हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा कार्यक्रमको आयोजना गरी