मोरङको लेटाङ र कानेपोखरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु
विराटनगर । मोरङको लेटाङ र कानेपोखरीमा सवारी दुर्घटना हुँदा शुक्रबार राति एक बालिकासहित तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । लेटाङ-कानेपाखरी सडकखण्डअन्तर्गत लेटाङ नगरपालिका-३ मा अटो टेम्पोलाई बोलेरो गाडीले ठक्कर दिँदा बालिकासहित दुई जनाको मृत्यु भएको छ