हेलिकोप्टर दुर्घटना अपडेटः ६ जनाकै मृत्यु
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको छ। हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए । क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन्। दुर्घटनास्थलबाट ६ जनाकै शव निकालिएको घटनास्थल पुगेका जीवन विकले जानकारी दिए। हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए।