विराटनगर । एकीकृत भन्सार जाँच चौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकल यात्री श्याम साहको उपचारका क्रममा निधन भएपछि क्षतिपूर्तिको माग गर्दै आफन्त विरोधमा उत्रिएका छन् ।
ना ४ ख २४८३ नं को ट्रकले हिजो साँझ ठक्कर दिँदा घाइते भएका साइकल यात्री साहको उपचारका क्रममा आज बिहान मृत्युपछि क्षतिपूर्तिको मागसहित आफन्त विरोधमा उत्रिएका हुन् ।
विरोधका क्रममा भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । (रासस)