विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा
काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । पाकिस्तान बाहिरिएपछि विश्वकपको सेमिफाइनलमा भारत, दक्षिण अफ्रीका, अस्ट्रेलिया र न्यूजील्याण्ड पुगेका छन् । अब सेमिफाइनलमा शिर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको भिडन्त हुने छ ।