पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि
काठमाडौँ । पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो । पिएसजीको जितमा ली कांग इन र किलीयन एम्बप्पेले एक एक गोल गरेका थिए