नमूना बन्यो बगरमा पसिना बगाउने मल्लको कृषि फार्म
रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँटतर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेउ रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने योजना सुनाउँदा धेरैलाई