काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय नेपालको बढ्दो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोडमा दिनुभयो ।
उहाँले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक अवस्थामा पु-याएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएकाप्रति उनीहरूको प्रशंसा गर्नुभयो ।