विद्युत् प्राधिकरणले खेर जाने बिजुलीको बजार खोज्ने
काठमाडौँ । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ । कुनै समय एक युनिट बिजुलीका लागि पनि ठूलो सङ्घर्ष गर्नुपरेको थियो ।