प्रदेश १ मा नेपालकै ठूलो र लामो विद्युत् प्रसारण लाइनको निर्माण सम्पन्न
धनकुटा । तमोर र अरुण नदीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न प्रदेश १ कै गौरवको आयोजनाका रूपमा संचालित कोसी कोरिडोर २२० केभी विद्युत् प्रसारण लाइनको काम सकिएको छ । सुनसरी जिल्लाको इनरुवादेखि धनकुटा, तेह्रथुम हुँदै संखुवासभाको तुम्लिङ्टारसम्म निर्मित १०६ किलोमिटर