गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रपति भण्डारीद्वारा सरकारको ध्यानाकर्षण
बुटवल। राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विमानस्थल निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा समेत विमानस्थल सञ्चालन प्रभावकारी हुन नसकिरहेका बेला राष्ट्रपतिले यसबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।