नेप्से परिसूचकको ओरालो यात्रा आज पनि जारी, कारोबार रकम पनि घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार आज पनि जारी रह्यो। नेप्से परिसूचक लगातार ओरालो लागेपछि कारोबार रकम पनि घट्दै गएको छ। आइतबार सार्वजनिक विदा परेकाले कारोबार भएन।