चिनियाँ राष्ट्रपति चढ्ने तीन बुलेटप्रुफ गाडी काठमाडौंमा
काठमाडौं, नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नै गाडी चढ्ने भएका छन् । उनका लागि गाडी नेपाल ल्याइसकिएको छ । सी विदेश भ्रमणमा सामान्यतया आफ्नै गाडी चढ्छन् । शुक्रबार भारत जान लागेकामा त्यहाँ पनि चीनबाटै गाडी लगिएको छ ।