चीनको राष्ट्रपतिमा सि चिनफिङ सर्वसम्मत निर्वाचित
बेइजिङ, चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरी निर्वाचित हुनु भएको छ । चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उहाँलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्