ताइवानमा ६.१ रेक्टरको भूकम्प
काठमाडौँ । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त टापु देशको मौसम विभागले जनाएको छ । त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ ।