समानुपातिकका सांसदहरु निर्वाचित भएको घोषणा मंसिर २६ गते
काठमाडौं । निर्वाचन आयोगले मंसीर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए