फागुन २१ को निर्वाचनलाई आगामी चुनावको मानक बनाउनुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कायम गरिएको मापदण्डलाई आगामी निर्वाचनहरूमा पनि निरन्तरता दिनुपर्ने बताएकी छन्। निर्वाचन आयोग नेपालद्वारा बहादुरभवनस्थित कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु र कतै पुनःमतदान गर्न