काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीयकार्यसमितिको बैठक बुधवार बिहान ११ बजे फेरी बस्नेगरी स्थगित भएको छ ।
बैठकका एजेण्डामाथि केन्द्रीय सदस्यहरु बोल्नेक्रमबाँकी भएको कारण बुधवार फेरी बस्नेगरी बैठक स्थगित भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार बैठकमा मंगलवार २८ जना केन्द्रीयसदस्यहरुले धारणा राखेका छन् । बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञसमिति गठन, १५औँ महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेशतथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने प्रवक्ता चालिसेले बताए ।
आजको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ२४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव पेस गरेका थिए ।




















